५६ अंकले घट्यो शेयर बजार, हाइड्रोका १९ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, ८ भदौ । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.७६ प्रतिशत कम हो ।

मंगलबार राम्रा र बलिाय कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ अंकमा झरेको छ ।

आज फाइनान्स र निर्जीवन बीमा बाहेक अन्य सबै समुह घट्यो । फाइनान्सको सूचक १.४७ प्रतिशत बढ्यो भने निर्जीवन बीमाको ०.७६ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक ६.२१ प्रतिशत घट्यो । त्यस्तै, इन्भेष्टमेन्ट समुहको ४.४३ प्रतिशत, विकास बैंकको ३.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको २.११ प्रतिशत घट्यो ।

आज २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १२ करोडको कारोबार भयो ।

मंगलबार २ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त र गोर्खाज फाइनान्स रहेको छ । दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

आज जलविद्युतका २० वटा कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये नेशनल हाइड्रो, हाइड्रोइलेक्ट्रिसिटी कम्पनी, खानीखोला हाइड्रोपावर, साइनर्जी वार, दिव्यश्वरी हाइड्रो, कालिका पावर, नेपाल हाइड्रो, आँखुखोला हाइड्रो, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावर, शिव श्री हाइड्रोवार र रुरु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत घट्यो ।

त्यस्तै, हिमालयन पावर पार्टनर र पञ्चकन्या माइ हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत घट्यो । लिवर्टी इनर्जीको ९.९२ प्रतिशत, माउण्टेन हाइड्रोको ९.८६ प्रतिशत र हिमालयन उर्जा विकास समुहको ९.५१ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ७५ करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here