‘अध्यादेश असंवैधानिक नभए पनि पहिले र अहिलेको नियत गलत छ’

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको दावी गरेका छन् ।

बुधबार विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको दावी गरेका हुन् ।

‘१२ बजे राति संसद अन्त्य गरेर बिहानै अध्यादेश ल्याइन्छ’, उनले भने, ‘एमाले विभाजनका लागि ल्याएको हो त्यो अध्यादेश, माधव नेपाललाई सोधेर वा गरौँ कि र गरौँ भनी भनी २० प्रतिशतको थ्रेस होल्ड राखेर अध्यादेश ल्याइएको छ।’

‘पहिलेको र अहिलेको अध्यादेश उस्तै होइन’, उनले भने, ‘मैले अध्यादेश ल्याउँदा कुनै पार्टी फुट्ने अवस्था थिएन। फ्लोर क्रस पनि चलेको थिएन। असाधारण र असामान्य अवस्था कहीँ पनि थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here