एकीकृत समाजवादीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

काठमाडौं, ९ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका हुन् ।

दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन।

जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन्। अब कानुनतः उनीहरु एमालेमै रहेको मानिनेछ।

उनीहरुलाइ एमालेले कारबाही गरेमा सांसद पद जानेछ।

निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए नयाँ दल दर्ता गर्न सकिने उल्लेख छ ।

त्यस आधारमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा अध्यादेशको प्रावधानभन्दा ७ प्रतिशत बढी केन्द्रीय सदस्य र ५ प्रतिशत बढी सांसद खुलेका छन् ।

केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशतभन्दा बढी जुटाएकाले निर्वाचन आयोगले आजै माधव नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टीको प्रमाणपत्र दिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here