शेयर बजार राताम्मे, १२ अर्बको कारोबार हुँदा दुई कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ९ भदौ । साताको दोस्रो कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ९.६७ अंकले घटेर ५६७.६९ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक घट्यो । निर्जीवन बीमा समुहको सूचक २.८४ प्रतिशत घट्यो ।

त्यस्तै, विकास बैंकको २.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समु्हको २.२२ प्रतिशत, जीवन बीमाको १.६९ प्रतिशत घट्यो ।

बुधबार कारोबार रकममा पनि कमी आएको छ । आज २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाख रुपैयाँको कारोबार भयो ।

बजार घटेको समयमा पनि दुई कम्पनीको शेयर बजारमा भने पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त र आइसीएफसी फाइनान्स रहेका छन् । लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो भने फाइनान्सको ९.९९ प्रतिशत बढ्यो ।

बुधबार खानीखोला जलविद्युतको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो । जलविद्युतको शेयर मूल्य ९.९८ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । कम्पनीले ४८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here