कानूनीरूपमै फुट्यो एमाले, नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता

काठमाडौं ९ भदौ । माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएको छ । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको छ। यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् ।

३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो । उनीहरू नयाँ पार्टीमा लाग्न पाउने या एमालेकै सांसद रहने भन्नेमा अन्योल कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here