वैशाखयता प्राकृतिक विपदमा १७८ जनाको मृत्यु, १९३० परिवार प्रभावित

काठमाडौं, १० भदौ । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि भदौ ९ गतेसम्म विपद्जन्य घटनामा परेर १ सय ७८ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ३८७ जना घाइते भएका छन् भने ३७ जना बेपत्ता भएका छन् ।

बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ। देशभर ९० करोड ७५ लाख ७२ हजार ७४२ रुपैयाँ बराबरको क्षति भएको छ । १९३० परिवार प्रभावित भएका छन् ।

यस अवधिमा वैशाख १ गतेदेखि भदौं १० गतेसम्मको तथ्याङ्क अनुसार पहिरोमा ४७ बाढीमा ३० र डुबानमा परेर ९ जनाको ज्यान गएको छ ।

यस्तै, चट्याङ्गबाट ४२ जना, आगलागीबाट १३, डढेलोबाट ३ जना, सर्पदशंबाट १२ र हावाहुरीका कारण १ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ ।

नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here