ग्लोबल आइएमई बैंकको ‘ड्राईभ उत्सव अफर’, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा

काठमाडौं, १० भदौ । ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस (ड्राईभ उत्सव योजना ल्याएको छ । यसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जा लगायतका सवारी साधन योजना ल्याइएको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अवधिका लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनका नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रक्रिया पूरा भएको दुई कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको उसको भनाइ छ ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियमसहित)को ब्याजदरमै घर कर्जा योजनासमेत संचालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here