जीवन विकासको शेयर मूल्यमा लगातार १९ औं दिन पोजेटिभ सर्किट

काठमाडौं, १० भदौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा लगातार १९ औं दिन पोजेटिभ सर्किट लागेको छ । साउन १४ गतेदेखि कारोबारमा आएको लघुवित्तको त्यसयता शेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको शेयर मूल्य १९ कारोबार दिनमा बढेर ५१९८ रुपैयाँ पुगेको छ । साताको अन्तिम दिन कारोबारको बजार खुले लगत्तै लगत्तै ११ बजेर ५ मिनेटमा लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगै लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ४७२ रुपैयाँले बढेको छ ।

तुलनात्मक रुपमा निकै बलियो देखिएको लघुवित्तले गत वर्षको असार मसान्तसम्म ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

हाल ६० करोड ८४ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३० करोड संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११३.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here