‘दक्षिणपन्थी धारबाट जोगिन नयाँ दल दर्ता गर्ने अवस्थामा पुग्यौँ, हिम्मत नभएका थन्किए’

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बसेका बताएका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ रूपमा लैजान आफुहरुले यो बाटो रोजेको बताउँदै हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुटेको बताए ।

‘पूर्व एमालेमा पीडित भएका कार्यकर्ताहरु विद्रोह गरेर आउँछन् हामीकहाँ’, उनले भने। अन्य नेता कार्यकर्तालाई पनि एमाले छाडेर आउन उनले आग्रह गरे। ‘केपी ओली गुट छाडेर आउनुस्’, उनले भने, ‘क्रान्तिकारी धारमा समाहित हुनुस्।’

हामीले अनेकौँ चुनौतीको सामना, अप्ठ्यारोलाई पन्छाएका छौँ । अन्यता सफलताको शिखरमा पुगेका छौँ । नेपाली जनताको हितका लागि नयाँ यात्रा प्रारम्भ गरेका छौँ ।

नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको राजनीति मात्रै होइन विश्वमै पार्टीको एकता, विभाजनबाट गुज्रँदै गइसकेको नेपालले बताए । ‘हामीसँग सिंगो देशका क्रान्तिकारी कार्यकर्ताहरु छन् । पूर्वएमालेमा पीडित भएका सबै मेचीदेखि काली, तराईदेखि हिमालसम्मका जनसमुदाय, कार्यकर्ताहरू सबै-सबै ठूलो पंक्तिले केपी समूहबाट विद्रोह गर्नु भएको छ ।

नेपालले भने, ‘उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा लाग्ने बताइरहनु भएको छ । जनवर्गीय संगठनमा आवद्ध भएकालाई म आह्वान गर्छु । तपाईँहरुले केपी ओली गुटबाट छुटकारा पाउनुस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here