एसबीआई बैंकले र सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

काठमाडौं, ११ भदौ । नेपाल एसबीआई बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने भएको छ ।

दुई कम्पनीविच सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकका रिटेल तथा एसएमई प्रमूख बद्रीलाल अमात्य र सिप्रदीका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमणि ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका प्रमूख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदीका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।

बैंकले ८८ शाखा, १९ एक्स्टेन्शन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here