आइतबारदेखि अनलाइनबाटै गर्नुहोस प्रहरी रिपोर्टको कन्सुलर प्रमाणीकरण

काठमाडौं, १२ भदौ । भदौ १३ गते आइतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण पूर्णरुपमा अनलाइनबाटै हुने भएको छ ।

कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदनको अनलाइन प्रमाणीकरणका लागि प्रक्रिया सार्वजनिक गरेको छ ।

प्रमाणीकरण चाहनेले बतत।लभउबअियलकगबिच।नयख।लउ वा कन्सुलर सेवा विभागको वेबसाइट लभउबअियलकगबिच।नयख।लउ मा गएर अनलाइन एप्लिकेशन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गरेर आवेदन भर्नुपर्छ ।

भरिएको फाराम स्वीकृत भएपछि अनलाइनमा राखिएको मोबाइल नम्बरमा आवेदन स्वीकृत भएको जानकारी एसएमएसमार्फत आउने छ ।

एसएमएस पाएपछि सेवाग्राहीले पुन वेबसाइटमा गई अनलाइन एप्लिकेशन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्नुपर्नेछ ।

त्यसपछि अनलाइन पेमेण्टमा क्लिक गरी रिफरेन्स नम्बर र मोबाइल नम्बर राखी कनेक्टआईपीएसमार्फत वा भौचर प्रिण्ट गरी ग्लोबल आईएमई बैंकका कुनै शाखाबाट राजस्व दाखिला गर्नुपर्छ ।

यति गरिसकेपछि राजस्व दाखिला गरेको भौचर र प्रहरी प्रतिवेदन रंगीन प्रतिसहित विहान १० बजेदेखि दिउसो २ बजेसम्म आफै वा अनलाइन फाराम भर्दा तोकेको व्यक्ति उपस्थित हुनुपर्छ । त्यसरी आउने व्यक्तिले आफ्नो परिचय खुल्ने प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here