थप १८५७ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको निधन

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा देशभर १८५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ र ३६६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५८ हजार ८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२२२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ८६६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here