नेपाल लाइफ इन्स्योरेन्स र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, १३ भदौ । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । नेशनल मर्चेन्ट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था हो ।

काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी ३० करोड हुनेछ ।

कार्यक्रममा दुवैै कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजत पनि लिएर भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजीबजारमा सफल कम्पनीका रुपमा स्थापित गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here