एघार महिनामा ३५ अर्बको सेयर निष्काशन, गत वर्ष भन्दा ३४ प्रतिशत कम

काठमाडौँ ८, असार । चालू आर्थिक वर्षको ११ महिनामा ३५ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशन भएको छ । गत वर्षको तुलनामा यो वर्षको प्राथमिक सेयर निष्काशन ३४ प्रतिशतले कम हो । प्राथमिक निष्काशन, बोनस, हकप्रद, ऋणपत्र र सामुहिक लगानी कोष गरी ५३ वटा कम्पनीले उक्त रकम बराबरको सेयर निष्काशन गरेका हुन ।

गत वर्षको सोही अवधिमा कुल ५३ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर निष्काशन भएको थियो ।

बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिका लागि राष्ट्र बैंकले दिएको समयावधि (२ वर्ष) गत वर्ष सकिएको छ । यसकारण गत वर्षको तुलनामा यो वर्ष प्राथमिक निष्कासनमा कमी आएको हो ।

गत वर्षको तुलनामा यो वर्ष बजारमा सूचीकृत कम्पनी संख्या साढे ७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष नेप्सेमा सूचीकृत कम्पनी संख्या १ सय ९६ रहेकामा यो वर्ष बढेर २ सय ११ पुगेको बोर्डको तथ्यांक छ ।

गत फागुनसम्म २५ कम्पनीले कुल ७ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेका थिए । गत वर्ष २१ कम्पनीद्वारा ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन भएको थियो ।

यस्तै, यो वर्ष ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको मात्र निष्काशन भएको छ । गत वर्ष २५ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन भएको थियो । यो वर्ष कुनै पनि कम्पनीले थप निष्काशन (एफपीओ) जारी गरेका छैनन । गत वर्ष ६ वटा कम्पनीले साढे ११ अर्ब रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेका थिए ।

चालू आर्थिक वर्ष तीन वटा कम्पनीले साढे १९ अर्बको ऋणपत्र र ४ वटा कम्पनीले ३ अर्ब ९० करोडको सामूहिक लगानीकोष निष्कासन गरेका छन् । गत वर्षको तुलनामा ऋणपत्र निष्कासन बढेको हो भने सामूहिक लगानी कोषको निष्कासन घटेको बोर्डले जनाएको छ ।

फागुनसम्म बजारमा करिब ९७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २० प्रतिशतले कम हो । अघिल्लो वर्ष १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here