सानिमा लाइफको आइपीओ शेयर धनीको खातामा, कारोबार कहिलेदेखि ?

काठमाडौं, १४ भदौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ शेयर धनीको खातामा आएको छ । सिडीएससीले आइतबारदेखि लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो ।

कम्पनीले SLI सिम्बोल पाएको छ । कम्पनीले साउन २० गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

हाल कम्पनीको उक्त आइपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् । सम्भवत यसै सातादेखि शेयर कारोबार हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here