परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

काठमाडा । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो ।

समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य रहेका छन् ।

समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्येस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्ने परिसंघले बताएको छ । यसैगरी समितिले नेपामला विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here