अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै, यसरी हुनुहोस् सहभागि

काठमाडौं, १४ भदौं । अजोड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै तीन दिन निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको जनाकारी दिएको हो । उक्त तालिम भदौ २९ गतेदेखि भदौ ३१ गतेसम्म संचालन हुनेछ ।

कम्पनीले उक्त तालिम हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै भर्चुुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ ।

ईच्छुक व्यक्ति वा संस्थालाई भदौ २४ गतेभित्र आवेदन दिन आग्रह गरेको छ । जसको लागि ५ सय रुपैयाँ कार्यालयको ग्लोबल आइएमई बैंकको खाता नम्बरमा जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले न्यूनतम एस.एल.सी. वा सो सरह परिक्षा उतिर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र (नोटरी सहित) को प्रतिलिपि, पार्सपोट साईजको फोटो ४ प्रति संस्थाको हकमा सिफारिस पत्र र अनिवार्य रुपमा आफनो मोबाईल नम्बर कार्यालयको आधिकारीक मेलमा पठाउन भदौ २४ गतेभित्र पठाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here