प्वालै प्वाल भएको स्वेटरको मूल्य साढे २ लाख, बन्यो ट्रोल

काठमाडौं । पेरिसको लक्जरी फेसन हाउस बालेन्सियागा फेसनेवल कपडाको लागि संसारभर चर्चित छ । ठूला सेलिब्रेटीहरु यो ब्रान्डको लुगा खुब मन पराउछन् ।

राम्रो फेसनका लागि मानिसहरु यस कम्पनीका कपडा, जुत्ता तथा झोला उत्सुकताका साथ पर्खिरहेका हुन्छन् । तर, कम्पनीले पछिल्लो समय निकालेको एउटा स्वेटर भने सामाजिक सञ्जालमा ट्रोल बनेको छ ।

कम्पनीले पछिल्लो समय निकालेको हूडी स्वेटरमा ठूला ठूला प्वाल छ र कम्पनीले यसको मूल्य १३५० पाउण्ड अर्थात २ लाख १७ हजार नेपाली रुपैयाँ तोकेको छ ।

सामाजिक सञ्जालमा स्वेटरको मूल्यको विषयमा निकै आलोचना भईरहेको छ । सत प्रतिशत पोलिस्टरको कपडाबाट बनेको निलो र रातो रंगमा उपलब्ध यस स्वेटरको छाति, हात साथै पछाडीपट्टीको भागमा ठूलठूला प्वाल छन् ।

एक ट्वीटर प्रयोगकर्ताले स्वेटरको फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘मात्र २ लाख १७ हजारमा तपाई कुकुरले प्वालै प्वाल बनाएको कपडा किन्नुहोस् ।’

कम्पनीले यो स्वेटरको विवरणमा लेखेको छ, ‘मानिसहरु बालेन्सियागा कपडाको प्रयोग गर्न कहिल्यै डराउँदैनन् जहाँसम्म डिजाइनको सवाल छ । स्वेटरमा बनाएको प्वालबाट भित्र लगाएका लुगाहरु स्पष्ट रुपमा देख्न सकिन्छ । जिन्स, शर्ट र टोपीमा ठूलो प्वाल यस ब्रान्डको मुख्य विशेषता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here