रिलायबल लाइफ पाँचौं वर्षमा, ३६ लाख भन्दा बढी बीमालेख जारी

काठमाडौं, १५ भदौ । रिलायबल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय ज्ञानेश्वर नेपाल रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरि चौंथो वार्षिक उत्सव मनाएको हो ।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको इन्स्योरेन्सले स्थापनाको छोटो समयमा नेपाली बीमा बजारमा ३६ लाख भन्दा बढी बीमालेखहरु जारी गरेको दाबी गरेको छ ।

कम्पनीले आफूले यसरी छुट्टै पहिचान राख्न सफल भएको दाबी गरेको छ । चौंथो वार्षिक उत्सवको अवसरमा काठमाडौंको जोरपाटी स्थित नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई खाद्य्य सामाग्री वितरण गरेको छ ।

साथै धनगढी, महेन्द्रनगर, अत्तरिया, बाग्लुङ, दुलेगौंडा, पोखरा, काठमाडौ लगायतका स्थानमा खाद्य सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले सप्तरीको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिर सरसफाई तथा तनहुँको आँबु खैरेनीमा सरसफाई सामाग्रीहरु वितरण गरेको छ भने सुर्खेत तथा दैलेखमा निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here