शेयर बजारमा सामान्य वृद्धि, यी हुन् धेरै कमाउने पाँच कम्पनी

काठमाडौं, १६ भदौ । साताको तेस्रो कारोबार दिन आज शेयर बजारसामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १.१८ अंकले बढेर २९७७.०२ अंकमा पुगेको छ ।

बुधबार कारोबार रकममा भने कमी आएको छ । आज २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ९७१ कित्ता शेयर ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै कमाउनेमा रुरु हाइड्रोपावरका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ७.५५ प्रतिशत बढ्यो । त्यस्तै, ओरन्टिय होटलको ६.१४ प्रतिशत, यूनाईटेड मोदी हाइड्रोपावरको ६.०४ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ६.०२ प्रतिशत र सोल्टी होटलको ५.७३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सनराइज फस्ट फण्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत घटेर नेगेटिभ सर्किट लाग्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ६० करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here