भारतमा अज्ञात ज्वरोले लिँदैछ बालबालिकाको ज्यान, १५ दिनमै ५२ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको फिरोजाबाद जिल्लामा अज्ञात ज्वरोको कारण पछिल्लो २४ घण्टामा थप सात बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाभर फैलिएको अज्ञात ज्वरोका कारण गएको १५ दिनमा मात्रै ५२ जनाको ज्यान गएको बताईएको छ ।

मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाका अनुसार अहिले १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण के हो पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको बताइएको छ ।

अस्पतालमा भर्ना भएसंगै १÷२ दिन भित्र नै उनीहरुको मृत्यु हुने गरेको छ । दैनिक भाष्कर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here