सानिमा लाइफ इन्स्योरेन्सको शेयर बिहीबारबाट कारोबारमा आउने

काठमाडौं, १६ भदौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो कम्पनीको शेयर सूचीकृत भएसँगै बिहीबारबाट कारोबारमा आउने भएको हो। नेप्सेमा सानिमा लाइफ १०० अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ।

जसमा संस्थापक समूहको १ करोड ४० लाख रुपैयाँ र ६० लाख कित्ता सर्वसाधारण समूहको रहेको छ।

पहिलो कारोबारका लागि नेप्सले १०३.१७ देखि ३०९.५१ सम्मको रेन्ज तोकिएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ। यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छ । यसकै बीचमा रहेर शेयर कारोबार शुरु हुनेछ ।

यदि भोलि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म) मा नेप्सेले तोकेको रेन्जभित्र सेयर किनबेच भएमा यो कम्पनीको सेयर नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि खुल्नेछ।

कम्पनीले SLI सिम्बोल पाएको छ । कम्पनीले साउन २० गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here