नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको निधन

काठमाडौं, १६ भदौं । नर्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बनेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here