सानिमा लाइफको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं,१७ भदौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ ।

बिहीबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३.१७ देखि ३०९.५१ पैसासम्मको कारोबार रेञ्ज प्रदान रेन्ज तोकेको थियो । नेप्सेले यो कम्पनीलाई ‘एसएलआइ’ (SLI)संकेत प्रदान गरेको छ।

नेप्सेमा हिजो बुधबार यो कम्पनीको सेयर सूचीकृत भएको थियो । यो कम्पनीको १०० अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १ करोड ४० लाख रुपैयाँ र ६० लाख कित्ता सर्वसाधारण समूहको रहेको छ ।

सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here