काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउण्ट सञ्चालनमा ल्याएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक ट्विटर गर्दै अकाउण्ट खोलिएको जानकारी दिएका हुन् ।
अधिकारीले ट्विट गर्दै भनेका छन् , ‘सामाजिक सञ्जाल सम्बन्धि नीति पारित भएसँगै खोलिएको अकाण्उटले सूचना सम्प्रेषण गर्न र पृष्ठपोषणमा सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
सामाजिक संजाल सम्बन्धि नीति पारित भएसंगै नेपाल राष्ट्र बैंकको Twitter account @NepalRastraBank खोलिएको छ, यसबाट सूचना संप्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपे़क्षा गरिएको छ । pic.twitter.com/OZCsxDr7G9
— Maha Prasad Adhikari (@AdhikariMaha) September 2, 2021