५० अंकले घट्यो शेयर बजार, धेरै गुमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता

काठमाडौं, १७ भदौ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ अंकमा झरेको छ । यो बुधबारको तुलनामा १.६९ प्रतिशत कम हो ।

बिहीबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ८.९० अंकले घटेर ५४१.७८ अंकमा झरेको छ । यो संख्या बुधबारको तुलनामा १.६२ प्रतिशत कम हो ।

आज सबै समुहको सूचक घट्यो । बिहीबार सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । यसक समुहको सूचक ३.६८ प्रतिशत घट्यो । त्यस्तै, हाइड्रोपावरको ३.३९ प्रतिशत, इन्भेष्टमेन्टको ३.२८ प्रतिशत विकास बैंकको ३.२९ प्रतिशत घट्यो ।

बिहीबार कारोबार रकममा पनि कमी आएको छ । आज २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोेबार भयो ।

आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा सानिमा लाइफ इन्सायोरेन्स र मनकामना स्मार्ट लघुवित्त रहेका छन् । सानिमा लाइफको १० प्रतिशत र मनकामनाको ९.९९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.८७ प्रतिशत घट्यो । त्यस्तै, रुरु हाइड्रोपावरको ६.४८ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार अरुन भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ५७ करोड ४० लाखको करोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here