थप २००४ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

काठमाडौं, १७ भदौ । पछिल्लो २४ घण्टामा देशभर २००४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १६१९ र ३९९२ एन्टिजेन परीक्षणमा ३३८ जना गरी २००४ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६४ हजार ९१४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८४६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here