नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं, १८ भदौ । नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ।

शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी जनशक्ति माग गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७८/५ /१८ देखि २०७८ असोज १६ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

दोब्बर दस्तुर तिरेर भने असोज २४ गतेसम्म आवेदन बुझाउन सकिनेछ । तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here