सानिमा बैंकको नारी बचत खाता योजना: विभिन्न सेवामा ७५ प्रतिशतसम्म छुट

काठमाडौं, १८ भदौ । सानिमा बैंकले हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको छ । यसका अतिरिक्त ५०० रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ ।

यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुका लागि उपलब्ध हुनेछ ।
सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइँदै आएको छ । बैंकका हाल देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here