थप १७५६ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको निधन

काठमाडौं, १८ भदौ । पछिल्लो २४ घण्टामा देशभर १७५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको पीसीआर परीक्षणमा १३५७ र ४५६१ एन्टिजेन परीक्षणमा ३९९ जना गरी १७५६ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार २७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२७४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here