ट्वीटरमा अश्लिल शब्द प्रयोग गर्ने व्यक्तिको आइडी ब्लक हुने !

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा छाडा शब्द प्रयोग गर्ने प्रयोगकर्ताको ट्वीटर आइडी ७ दिनसम्म ब्लक हुने भएको छ ।

ट्वीटर यस प्रकारको प्रविधिको प्रयोग गरिरहेको छ कि जसले अश्लिल शब्द प्रयोग गरेर कमेन्ट वा पोष्ट गर्छ उसको आइडी ब्लक गर्नेछ ।

सेफ्टी मोडको नाम दिईएको यस प्रविधिले ट्वीटरमा प्रयोग हुने अश्लिल शब्दलाई रोक्ने बताइएको छ ।

ट्वीटरको यो नयाँ सुविधा पहिलो चरणमा अंग्रेजी भाषामा लागु हुने बताईएको छ ।

ट्वीटरको यो नयाँ सुरक्षा सुविधाको उपयोग गर्नको लागि, प्रयोगकर्ताले सेटिङमा जानुपर्छ र सेफ्टी फिचर्स अन गर्नुपर्छ । यससंगै ट्वीटरले यसमा प्रयोग भएको छाडा शब्दको बारेमा जाँच गर्ने बताइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here