सानिमा लाइफको शेयर मुल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २० भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ३३.९० रुपैयाँले बढेर ३७३.८० रुपैयाँमा पुगेको छ ।

कम्पनीको शेयर बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आएको थियो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।

सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here