१०९ अंकले घट्यो शेयर बजार, २६ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २० भदौ । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आज १२ः१५ बजेसम्म नेप्से १०९.३६ अंकले घटेर २८१७.६३ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.७४ प्रतिशत कम हो ।

अहिलेसम्म २१३ कम्पनीको ९५ लाख ९० हजार ७७३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो ।

अहिलेसम्म १ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लागेको छ भने २६ वटा कम्पनीमा नेगेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here