नेप्सेमा इतिहासकै ठूलो पहिरो, लगानीकर्ता आत्तिएर धमाधम बेच्न थाले

काठमाडौं, २० भदौ । शेयर बजारमा भीषण पहिरो गएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १२: ४५ मिनेटसम्म १३३ अंकले घटेको हो ।

यो नै नेप्सेमा इतिहासकै ठूलो पहिरो हो । यसअघि २०७७ मंसिर २१ गते १२३ अंकले घटेको थियो । आज नेप्से परिसूचक १३३.११ अंकले घटेर २७९३.८८ अंकमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आज पनि सो यात्रा जारी राखेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक व्यक्तिले शेयर धितोमा एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो । शेयर कर्जामा कडाइ गरेको थियो । त्यसको प्रभाव बजारमा पर्दा निरन्तर गिरावट आएको हो ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४०० अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता आत्तिन थालेका छन् । दैनिक बजार घटेपछि उनीहरुले घाटामै भए पनि शेयर बेच्न थालेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here