पपुवा न्युगिनीद्धारा नेपालसामु १३५ को लक्ष्य प्रस्तुत, सन्दिपले लिए ४ विकेट

काठमाडौं, २२ भदौ । पपुवा न्युगिनी (पिएनजी) ले पहिलो ओडिआई खेलमा नेपाललाई १ यस ३५ लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजीले २५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३४ रन बनाएको हो ।

नेपाललाई दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर विक्रम सोबले ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गर्दै पहिलो सफता दिलाएका थिए । विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बने ।

समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी बनेका छन् । विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए ।

विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदा पिएनजी २–९ को कमजोर अवस्थामा पुगेको थियो । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चाल्र्सलाई २३ रनमा आरिफ शेखबाट क्याच आउट गराएका थिए । चाल्सले २३ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सन्दीपले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे ।

नेपालका सन्दीप लामिछानेले चार, कुशल मल्ल र विक्रम सोबले दुई दुई र सोमपाल कामीले एक विकेट लिए । भने एक जना रन आउट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here