सरकारले रोक्यो तबल भत्ता र पेन्सन बाहेकको बजेट निकासा

काठमाडौं, २४ भदौ । सरकारले प्रतिस्थापन अध्यादेश नआउँदासम्म तीन दिन तलबभत्ता बाहेकका रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

महालेखा नियन्त्रकका कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै तलब, भत्ता र पेन्सन बाहेकका भुक्तानी नगर्न निर्देशन दिएको हो ।

यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ ।

‘आर्थिक वर्ष २०७८/०७९ को सरकारको बजेट रकम निकाशा सम्बन्धमा तलब भत्ता र निवृतिभरण बाहेकको कुनै पनि बजेट निकासा २०७८ भदौ २४ गतेदेखि २०७८ भदौ २६ गतेसम्म नगर्नु नगराउनु हुन साथै यस अवधिमा निकाशा भइ बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धीत निकाशा माग गर्ने र निकाशा गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरासमेत निर्णयअनुसार अनुरोध गरिन्छ,’ महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको निर्देशनमा भनिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गतेको प्रतिनिधिसभा बैठकमा बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेका छन् ।

चालु आवका लागि अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट ल्याएको छ । यसमध्ये बुधबारसम्म चालु तर्फ ४० अर्ब ८४ करोड र पुँजिगत तर्फ मात्र २ अर्ब २७ करोड रुपैयाँ खर्च भइसकेको छ । बुधबारसम्म कुल ३.५१ प्रतिशत बजेट खर्च भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here