शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार ७ अर्बमा सिमित

काठमाडौं, २४ भदौ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । विहिबार नेप्से ०.६२ अकले घटेर २८७५.९८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३० कम्पनीको ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको परिसूचक राताम्मे भएका छन् ।

हाइड्रोपावर समूह सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक १.२८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २३० कम्पनीमध्ये १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढे। ब्यापार र लगानी समूह भने १ अंकमुनि हरियो रहे। बैंकिङ २, होटल तथा पर्यटन ३, विकास बैंक १२, फाइनान्स ३६, निर्जीवन बीमा ६, उत्पादन २१, अन्य २२ र माइक्रोफाइनान्स समूह १७ अंकले घटे।

हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशतले बढ्यो। सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढ्यो। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ।

आज रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अरुण भ्याली साढे ४८ करोड र रैराङ हाइड्रोपावर ३३ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here