खरिदबिक्री खाता पेश गर्ने समय थप, भ्याट विवरण २५ गतेभित्रै बुझाउनु पर्ने

काठमाडौं, २५ भदौ । आन्तरिक राजश्व विभागले करदाताहरूका लागि खरिदबिक्री खाता पेश गर्ने समय थप गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै पछिल्ला समयमा विभागको अनलाइन पोर्टलमा समस्या आएका कारण २०७८ साउन महिनाको खरिदबिक्री खाता पेश गर्न नसक्नेहरूका लागि नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार खरिद बिक्री खाता जेठ ३१ गतेसम्म बुझाउँदा हुनेछ।

विभागले यसअघि २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो। मूल्य अभिवृद्धि कर (भ्याट) विवरण भने २५ गतेभित्रै पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

विभागले भ्याट विवरण र खरिद बिक्री खाता एकै पटक अपलोड गराउँदा सर्भरमा समस्या देखिन सक्ने भन्दै परिमार्जन गरेको हो।

सामान्यतया साउन महिनाको कर विवरण भदौ २५ सम्ममा नबुझाएमा सेवाग्राहीहरूले जरिवाना तिर्नुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here