थप १० वटा शाखा विस्तार गर्दै मञ्जुश्री फाईनान्स

काठमाडौं, २५ भदौं । नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त मञ्जुश्री फाईनान्सले थप १० वटा नयाँ शाखा विस्तार गर्ने भएको छ ।

कम्पनीले भदौ २७ गते ४ वटा नयाँ शाखा विस्तार गर्दै छ । रुपन्देहीको मुर्गिया, योगिकुट्टी, मनिग्राममा, र भैरहवामा नयाँ शाखा सञ्चालन हुने कम्पनीले बताएको छ ।

भदौं २९ गते ३ वटा नयाँ शाखा विस्तार हुने कम्पनीले बताएको छ । जसमा नवलपुरको गैंडाकोटमा, चितवनको भरतपुर र पर्सा बजारमा नयाँ शाखा सञ्चाल हुनेछ ।

त्यस्तै, असोज १ गतेपनि ३ वटा नयाँ शाखा विस्तार हुने कम्पनीले बताएको छ । जसमा सुनसरीको इनरुवा र झुक्का साथै मोरङको बिराटचोकमा नयाँ शाखा सञ्चालनमा आउने कम्पनीले बताएको छ ।

फाइनान्सका अनुसार १० वटा शाखा थपेसंगै शाखाको कुल संख्या २२ पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here