थप ९९४ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

काठमाडौं, २६ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३७ पीसीआर परीक्षण गर्दा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षण गर्दा २१७ गरी ९९४ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७६ हजार ३२५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here