विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २७ भदौ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५०पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here