राष्ट्रिय बीमा बन्यो महँगो शेयर मूल्य हुने कम्पनी, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २७ भदौ । राष्ट्रिय बीमा कम्पनी नेपाली शेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।

वहुराष्ट्रिय कम्पनी युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा सबैभन्दा धेरै शेयर मूल्य हुने कम्पनी बनेको हो । आइतबार कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । आज कम्पनीको शेयर मूल्य प्रतिकित्ता १८३०रुपैयाँले बढेर २० हजार १३२ रुपैयाँ पुगेको छ ।

आज १२ः४८ बजेसम्म युनिलिभरको शेयर मूल्य प्रतिकित्ता १२६ रुपैयाँ घटेर १९ हजार ३७४ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here