शेयर बजारमा हरियाली, नेप्से ७१ अंकले बढ्दा १३ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २७ भदौ । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ अंकमा पुगेको छ ।

आज राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आइतबार इन्डेक्स १३.०३ अंकले बढेर ५४८.२९ अंकमा पुगेको छ ।

आइतबार सामुहिक लगानी कोष (म्युचल फण्ड) बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सामुहिक लगानी कोषको सूचक ०.२९ अंकले घट्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक ६.३७ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ४.५८ प्रतिशत बढ्यो ।

आइतबार २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज १३ कम्पनीको शेयर मूल्यमा पाजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये ९ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय हाइड्रो, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली पावर, अपी पावर, छ्याङ्दी हाइड्रो, पाँचथर पावर, लिवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्स छन् । अन्य ४ कम्पनीको शेयर मूल्य भने ९.५० प्रतिशतभन्दा धेरै बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्यूचल फण्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.५८ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार अरुण भ्यालि हाइड्रोपावरले गर्यो । कम्पनीले ७३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here