थप ९११ जनामा कोरोना पुष्टी, १४२३ जना संक्रमण मुक्त

काठमाडौं, २७ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ पीसीआर परीक्षण गर्दा ८३८ जना र ३१४० एन्टिजेन परीक्षण गर्दा ७३ गरी ९११ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार १६३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४२३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ७५७रहेको छ ।

पछिल्लो २४ घण्टामा १३जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here