‘वानप्लस सेभेन प्रो’मा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

काठमाडौं, ९ असार । स्मार्टफोन निर्माता कम्पनी वानप्लसले नेपालमा कुनै पनि वानप्लस सेभेन प्रोको खरिदमा एक वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले यस्तो योजना ल्याइएको हो ।

वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्था समेत गरिएको कम्पनीले बताएको छ ।

वानप्लसले हालै वानप्लस सेभेन प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस सेभेन प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

छोटो अवधिमा नेपाली बजारमा वानप्लस सेभेन प्रोले लोकप्रियता कमाउन सफल भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीको वारेन्टी र इन्स्योरेन्स सुविधा पाउनको लागि ग्राहकले भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गरेको हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here