नबिल बैंकको दशैं अफर: मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर

काठमाडौं, ३० भदौ । नबिल बैंकले दशैंको अवसर पारेर नयाँ ब्याजदर योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले दशैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दती खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो ।

‘दशैंमा नबिलको उपहार फिक्सडिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ नाम दिएको यस अफर अन्तर्गत एक वर्ष भन्दा बढी अवधिको निक्षेप राख्नेले यो सुविधा पाउनेछन् भने यो व्यक्तिगत ग्राहकका लागि ल्याएको अफर हो ।

बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here