शेयर कारोबारको १ घण्टा : १८३ कम्पनीको शेयर मूल्य घट्दा साढे २ अर्बको कारोबार

काठमाडौं, ३१ भदौ । साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार सु्रु भएको १ घण्टा (१२ बजेसम्म) शेयर बजार ६७.४१ अंकले घटेर २८२१.६४ अंकमा झरेको छ ।

अहिलेसम्म २१६ कम्पनीको ४० लाख ९० हजार १५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३७ करोड रुपैयाँको कारोबार भईसकेको छ ।

अहिलेसम्म १८३ कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै यूनाईटेड मार्दीको शेयर मूल्य घट्यो । कम्पनीको शेयर मूल्य ६.७८ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य बढ्यो । कम्पनीको शेयर मूल्य ६.३६ प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here