शेयर बजार राताम्मे, नेप्से साढे ७६ अंकले घट्दा ९ अर्बको कारोबार

काठमाडौं, ३१ साउन । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार राताम्मे रह्यो । विहीबार नेप्से परिसूचक ७६.६५ अंकले घटेर २७८१२.३९ अंकमा झर्यो । यो बुधबारको तुलनामा २.६५ अंकले कम हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । विहीबार इन्डेक्स १२.७३ अंकले घटेर ५२५.७८ अंकमा झरेको छ ।

विहीबार सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको ४.९४ प्रतिशत घट्यो । त्यस्तै, जलविद्युतको ४.०८ प्रतिशत, विकास बैंकको ३.६५ प्रतिशत घट्यो ।

आज कारोबार रकममा भने केही सुधार भएको छ । विहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

विहीबार एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त रहेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै कर्पोरेट विकास बैंकको सूचक घट्यो । कम्पनीको सूचक ८.१७ प्रतिशत घट्यो । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ७८.१८ प्रतिशत घट्यो ।

विहीबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ३८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here