मञ्जुश्री फाईनान्सको थप तीन नयाँ शाखाबाट कारोबार शुरु

काठमाडौं, १ असोज । नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त मञ्जुश्री फाईनान्सले थप तीन वटा नयाँ शाखा विस्तार गरेको छ । मञ्जुश्रीले शुक्रबार नयाँ शाखा विस्तार गरि सुनसरीको ईनरुवा, झुम्का वजार, र मोरङ्गको विराटचौक शाखाको एकै पटक कारोबार सुरु गरेको हो।

मञ्जुश्री फाईनान्सका संचालक समितिका अध्यक्ष र संचालक समिति सदस्यहरुले यी नयाँ शाखा कार्यलयहरुको उद्घाटन गरे।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मञ्जुश्रीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज,मुर्गिया, योगिकुटि,मणिग्राम , भैरहवा, गैडाकोट, भरतपुर र पर्सावजारमा १८ वटा शाखा रहेका थिए भने अव थप तीन सहित शाखा संख्या २१ पुगेको छ।

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको मञ्जुश्रीले ८.९१ अर्व निक्षेप संकलन गरि ७।९५ अर्व कर्जा परिचालन गरेको छ ।

मञ्जुश्रीले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here