बुद्धभूमि हाइड्रोपावरको आइपीओ नतिजा कहाँबाट हेर्ने, यस्तो छ सजिलो तरिका

काठमाडौं, १ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि विक्री खुला गरेको साधरण शेयर (आइपीओ) बाँडफाँड गरेको छ ।

विहीबार आयोजना प्रभावितका लागि खुल्ला भएको ४ लाख कित्ता सर्वसाधारण आइपीओ बाँडफाँड गरिएको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ ।

तर पनि शुक्रबार दिउँसोसम्म नतिजा नराखेपनि अन्योलता छाएको थियो । सबैको चाँसो नतिजा कहाँबाट हेर्ने । विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइटमा शुक्रबार ४ बजेपछि नतिजा राखेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट सम्बन्धि कम्पनीको र विक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।

लगानीकर्ताले विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट गएर कम्पनीको नाम छान्ने र तल्लो कोठामा १६ अंकको डिम्याट नम्बर हालेपनि तपाइलाई आइपीओ परेको या नपरेका जानाकारी हुनेछ ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here